राजेन्द्र लिङ्देन र दीपकराज जोशीबीच भेटवार्ता  « Khabarhub

राजेन्द्र लिङ्देन र दीपकराज जोशीबीच भेटवार्ता 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र युवा नेता दीपकराज जोशीबीच भेटवार्ता भएको छ । धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटमा दुई नेताबीच विदेशबाट नेपाल फर्किएका युवालाई देशमै स्थायित्व दिन सक्ने वातावरण निर्माणबारे गहिरो छलफल भएको छ ।

विदेशमा रहेका दक्ष जनशक्तिहरूलाई स्वदेश फर्कन प्रेरित गर्न सकिने उपायहरूबारे समेत छलफल भएको बताइएको छ ।

जोशीले नेपाल फर्केर देशमै केही योगदान दिने सोच राखेका युवाको ऊर्जा सदुपयोग गर्न नीति निर्माणमा स्पष्टता र प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।

अध्यक्ष लिङ्देनले पनि स्वदेशमै सिर्जना गर्न सकिने सम्भावना र अवसरहरू पहिचान गर्दै राप्रपा सधैँ सकारात्मक कदम चाल्न तयार रहेको जवाफ दिए । 

अमेरिकाबाट फर्किएका युवा जोशीको निर्वाचन मुद्दा अहिले पनि सर्वोच्च अदालतमा चलिरहेको छ । लामो समय अमेरिका बसेर फर्किएका जोशीले गत स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका (तनहुँ)को प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

निर्वाचनका क्रममा उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए । जोशीले मतगणनामा धाँधली भएको दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

उच्च अदालतले पूर्ण मतगणना गर्न आदेश दिए पनि सोही अदालतका रजिस्ट्रारले मतगणना प्रक्रिया रोकिदिएका थिए । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : ५५ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने