बिहीबारदेखि धरहरा १२ घण्टा खुल्ने | Khabarhub Khabarhub

बिहीबारदेखि धरहरा १२ घण्टा खुल्ने


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गरे। यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आइएकामा आजदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए । 

‘अब दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ’, प्रवक्ता नारायण भने।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको उनको भनाइ छ ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर दुई सिफ्टमा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६५० राजस्व संकलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले जनाएको छ । 

इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म दुई लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश-२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : २० बजे

रानाथारु समुदायमा ‘सावनको डोला’

कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक

दक्षिण सिरिया जारी हिंसामा ५०० भन्दा बढीको मृत्यु

लण्डन – दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा

देउडा गुञ्जिने सांस्कृतिक थलो र पर्यटनको संगम बन्यो ‘वीरेखोला झरना’

धनगढी– असारको काम सकिएपछि यहाँका अधिकांश स्थानीय गाउँ माथिको लेक

गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

आजका समाचार : एमालेले विद्यालाई फर्काउने, ओलीलाई झन् सजिलो बनाउने प्रस्ताव, बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द र युक्रेनमा नयाँ प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्नेपूर्वराष्ट्रपति