मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु « Khabarhub

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको बताएका हुन् । उनले आफूले गल्ती गरेको प्रमाण आए जस्तोसुकै कारबाही भोग्नसमेत तयार रहेको स्पष्ट पारे ।

मन्त्री अधिकारीले अडियोमा बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको दाबी गरे । आफ्नो नामका साथै परिवारसँग समेत मुछेर स्वार्थ समूहले आफ्नो अभीष्ट पूरा गर्ने प्रयास गरेको उनको भनाइ छ ।

त्यस्तै मन्त्री अधिकारीले कर्मचारी सरुवाको विषय सरकारको नियमित काम भएकाले यसमा आफ्नो कुनै संलग्नता नरहेको धारणा राखे ।

उनले एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति भएकाले पुनर्गठन हुन लागेको भन्दै आफू पदमा रहेसम्म देश र जनताका लागि जिम्मेवारी पुरा गर्ने बताए । 

त्यस्तै आफ्नो कार्यकालमा भएका कामकारबाहीका बारेमा जानकारी दिँदै मन्त्री अधिकारीले भूमिसम्बन्धी ऐन संशोधन विधेयक सदनमा पेश गरिएको, भूमि बैंक सञ्चालनका सन्दर्भमा कार्यान्वयनको मोडालिटी तयार भएको जानकारी दिए । 

त्यसैगरि विभिन्न जिल्लामा २२ हजार ८ सय ८ जना जग्गाधनीलाई दर्ता प्रमाणपत्र उपलब्ध गराइएको उनले बताए । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ५ : १४ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले