जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर « Khabarhub

जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा जारी ‘जनताको हस्ताक्षर’ अभियान अन्तर्गत हालसम्म २४ लाख ५७ हजार ६१८ जनाको हस्ताक्षर संकलन भएको छ।

अभियानका संयोजक दीपक बोहराले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको हालसम्मको प्रगति, खर्च र सहयोग विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार असार ७ गतेदेखि सुरु भएको अभियान कम्तीमा १०० दिनसम्म सञ्चालन हुनेछ। हालसम्म देश-विदेशमा २५ दिनसम्म अभियान सञ्चालन भइसकेको छ ।

प्रदेश, जिल्ला र पालिकास्तरीय समितिमार्फत् अभियान सञ्चालन भइरहेको छ। साउन ५ गतेदेखि वडा समितिहरूले घरदैलो अभियानमार्फत् जनस्तरसम्म अभियान पुर्‍याउने तयारी गरेका छन्।

अब नेपाल–भारत सीमा नाका (काकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकी आदि), प्रमुख विमानस्थल, बसपार्क र भीडभाड भएका स्थानहरूमा ऐक्यबद्धता डेस्क स्थापना गरिने उनले बताए।

रुपन्देही–३ मा उपनिर्वाचन हुने भएकाले त्यहाँका ३६ वटै वडामा बुथमार्फत अभियान सञ्चालन गरिने बोहोराले बताए ।

हस्ताक्षर विवरण

कोशी प्रदेश: १,६६,८६१

मधेश प्रदेश: २०,५०५

वाग्मती प्रदेश: ६,३९,०६८

गण्डकी प्रदेश: ४,३२,७२३

लुम्बिनी प्रदेश: २,३६,५९५

कर्णाली प्रदेश: ४३,७७५

सुदूरपश्चिम प्रदेश: ९४,५३५

केन्द्रीय कार्यालय: ३३,३७०

काठमाडौंमा र्‍याट व्यवस्थापन बुथ :५९, ८८५

व्हाट्सएप: ६,५०,१७२

इमेलमार्फत्: ८०,१७६

खर्च र आम्दानी

बोहराका अनुसार अभियानका लागि छुट्टै कोष स्थापना गरिएको छ । सम्पूर्ण खर्च यही कोषबाट व्यहोरिएको छ। हालसम्म ५ लाख अपील र २ लाख हस्ताक्षर फारम छापेर वितरण गरिसकिएको छ।

खर्च विवरण :

छपाई: १७,२०,०००

प्रचार/फ्लेक्स/बुथ निर्माण: ३,८०,०००

व्यवस्थापन खर्च: ७,४५,०००

विविध खर्च: ८७,०००

बाँकी भुक्तानी (छपाईलगायत): ३०,३५,०००

कुल खर्च : ५९,६७,०००
कुल सहयोग रकम : ४६,१२,६३७
हालको घाटा : १३,५४,४८६

संयोजक बोहराले बर्खा र खेतीपातीको कारण ग्रामीण क्षेत्रमा अपेक्षाअनुसार अभियान तीव्र हुन नसकेको स्वीकारेका छन्। अब बाँकी दिनमा थप सशक्त र व्यापक हुने विश्वास उनले व्यक्त गरेका छन्।

देश–विदेशका रास्वपाका संगठनहरू, शुभेच्छुक तथा समर्थकहरू स्वस्फूर्त अभियानमा सहभागी भइरहेको उल्लेख गर्दै बोहराले अभियान अझै लामो समय चल्ने बताए। उनले थप खर्चको आवश्यकता पर्ने जानकारी दिए।

यो अभियान लामिछानेमाथि भएको राजनीतिक व्यवहारको विरोध मात्र नभई, आम नागरिकको स्वतन्त्रता र न्यायप्रतिको आवाज पनि भएको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ५ : १० बजे

यी हुन् मन्त्रीपरिषद्का तीन निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु