पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा नेकपा (एमाले) को बिहीबार बसेको सचिवालय बैठकमा उठेको छ।

ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा बोलेका नेताहरूले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणासहित सरकारले उपलब्ध गराएको सेवा-सुविधा त्यागिसकेकाले उचित भूमिका दिन नेतृत्व तयार हुनुपर्ने बताएका हुन्।

बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैंले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने चहानाबारे नेताहरूसँग सोधीखोजी गरेका थिए । उनले पूर्वराष्ट्रपतिबारे के गर्ने भनेर सोधेपछि नेताहरूले आवश्यक संवाद गरेर उचित जिम्मेवारीमा फर्काउँदा हुने सुझाएका छन् ।

एमाले सचिव योगेश भट्टराईले बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओली आफैंले यस विषयमा पार्टीभित्र छलफल हुने बताएको जानकारी दिएका छन् ।

‘यसबारेमा अध्यक्ष कमरेड आफैंले आजको बैठकमा भ्याइएन भने आवश्यक परेमा छलफल हुनेछ भन्नु भएको छ’, उनले भने, ‘अहिले नै उहाँलाई यो वा त्यो जिम्मेवारी दिने नदिने भन्नु धेरै हतार हुन्छ । यसबारे कुरा भएको छैन । पार्टी अध्यक्षले पूर्वराष्ट्रपतिबारे छलफल गरौँ भन्नु भएको छ। अब यो एमालेको विषय भइसकेको छ ।’

भट्टराईले पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा बैठकमा नेताहरूले अध्यक्ष ओलीले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएको बताए ।

एमाले सचिव योगेश भट्टराई

‘यसलाई पार्टीमा छलफल गरेर टुंग्याउनुपर्छ । बैठकमा पनि हतार नगरौँ भन्ने भएको छ। अध्यक्षले पनि छलफल गरौँला भन्नु भएकाले अब औपचारिक र अनौपचारिक रुपमा पनि यो एमालेको छलफलको विषय भयो’, उनले भने, ‘पार्टीको उद्देश्य गन्त्व्य के छ, उहाँले के चहानु भएको छ ? कसरी आउनु खोज्नु भएको छ ? उहाँको कुरा भयो तर उहाँले पार्टीको प्रणाली बुझ्नु भएको छ । पार्टी स्थापनामा उहाँको पनि देन छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजक रुपमा व्यवस्थापन गर्ने कुरा एमालेको दायित्व भएको पनि बताए । ‘राजनीतिमा जान्छु भनेर सेवा सुविधा त्यागेपछि, उहाँलाई पार्टीले उचित स्थान दिन्छ’, उनले भने, ‘आजको बैठकमा अध्यक्ष कमरेडले अलिक बाक्लो संवाद गरेर उहाँलाई भूमिका दिनुपर्छ भन्ने कुरा भएको छ । पूर्वराष्ट्रपतिसँग अध्यक्षले आवश्यक संवाद गरेर उहाँ व्यवस्थापनबारे निर्णय लिनु हुन्छ ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : १२ बजे

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम