एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव « Khabarhub

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पदसँगै ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्थता हटाउने प्रस्ताव गरिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरेको विधान संशोधन प्रस्तावमा उक्त कुरा उल्लेख गरिएको छ।

बैठकमा हाल रहेको १९ सदस्यीय पदाधिकारीबाट घटाएर ११ सदस्यीय कायम गर्ने प्रस्ताव पनि अघि बढेको छ ।

अहिले एमालेमा रहेका १९ जना पदाधिकारीलाई घटाएर ११ जना मात्रै राख्ने गरि विधान संशोधन प्रस्ताव उपाध्यक्ष पौडेलले बैठकमा राखेका एकजना पदाधिकारीले खबहबलाई बताएका छन् ।

तर पदाधिकारीको संख्या कटौतीको प्रस्तावलाई लिएर बैठकमा सहभागी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत सचिवालय सदस्यहरूले फरक मत राखेका छन्।

ठूलो पार्टीमा पदाधिकारी घटाउँदा नेताहरूको जिम्मेवारी मिलाउन समस्या पर्न सक्ने उनीहरूको धारणा थियो । त्यहीकारण दिउँसो २ बजेदेखि बसेको बैठक अहिले पनि चलिरहेको छ। बैठक लम्बिएपछि नेताहरूलाई खाजा समय भनेर विश्राम दिइएको थियो ।

विधान संशोधन प्रस्ताव र २ वर्षे कार्यकाल हटाउँदा सबैभन्दा सजिलो अध्यक्ष केपी शर्मा ओलीलाई हुनेछ । उनी काठमाडौंमा भएको नवौँ र चितवनमा भएको दशौँ महाधिवेशनबाट दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।

उता ७० उमेर हद हटाउँदा पनि उनैलाई फाइदा हुने देखिएको छ। उनी अहिले ७४ वर्ष पुगिसकेका छन्। ओलीले ७० वर्षे हटाउने कुरा यसअघि नै गरिसकेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ५३ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ