खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज « Khabarhub

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ । खार्पुनाथ–१ र २ लाई जोड्न लालीबगरको लिगेमा कर्णाली नदीमा रहेको तुइन हटाएर नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । 

नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै यो स्थानमा रहेका तुइन हटाइएको छ । लालीबगरको लिगेमा कर्णालीमा झोलुङ्गे पुल निर्माण भएपछि वडा १ र २ नागरिकलाई आवतजावत गर्न सहज भएको वडा–२ का वडाध्यक्ष चन्द्रविर रावलले बताए। 

विसं २०७८ मा दुल्लीकुना लालीबगरको सडक निर्माण गर्ने क्रममा लिगेमा  झोलुङ्गे पुल भत्किएपछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुइन निर्माण गरेको थियो ।

 तुइनको सहारामा कर्णाली वारपार गर्नेहरू अहिले झोलुङ्गे पुल भएर यात्रा गर्दैछन् । झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आएपछि सिङ्गो गाउँपालिका तुइन मुक्त भएको छ । 
 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : २४ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने