मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे « Khabarhub

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरु बढेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मुस्ताङमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी गरी कूल सात लाख पाँच हजार ७७९ पर्यटक आएका छन् ।

जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ५५ दशमलव तीन प्रतिशत अर्थात दुई लाख ५१ हजार ४५३ ले बढी हो । आव २०८०र८१ मा मुस्ताङमा कूल चार लाख ५४ हजार ३२६ पर्यटक आएका थिए ।

आव २०८१र८२ मा आन्तरिकतर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् ।

यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको जानकार बताउँछन् । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्वपूर्ण धार्मिक पर्यटक गन्तब्यका रुपमा अंग्रपंक्तिमा पर्दछन् ।

मुस्ताङका ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया पर्यटकीय गन्तव्यमा पर्छन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १० : ०१ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने