गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण « Khabarhub

गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो ।

प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।

प्रदेशको राजधानी पोखरा गत वर्ष डेङ्गुको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६ सय जनाभन्दा बढीमा डेङ्गु सङ्क्रमण भएको थियो ।

डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ ।

डेङ्गु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् । मनाङ जिल्लामा भने यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन ।

स्थानीय तहले डेङ्गु रोग फैलन नदिन डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ५१ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय