स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा मल्लोर्कालाई ३–० गोलले हराउँदै बार्सिलोनाले सहज जित निकालेको हो ।

बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामलले एक–एक गोल गरेका थिए भने मल्लोर्काले गोल गर्न सकेन ।

बार्सिलोनाका राफिन्हाले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, २३औँ मिनेटमा फेरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाए ।

बार्सिलोनाले पहिलो खेलबाट तीन अंक जोड्दा मल्लोर्का भने पराजित भएको छ । 

गएरातिका खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले १–१ गोलको बराबरी खेल्दा आलाभेसले लेभान्तेलाई २–१ ले हराएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ४६ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने