विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’ | Khabarhub Khabarhub

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा विपन्नलाई निःशुल्क दाँतको इम्प्लान्ट प्रदान गरिने भएको छ । 

नारायणगढमा रहेको साइराम डेन्टल केयरमा १० जना विपन्न परिवारका व्यक्तिलाई निःशुल्क दाँतको इम्प्लान्ट गरिने भएको हो ।
 
दाँत नभएको ठाउँमा नयाँ दाँत प्रत्यारोपण गर्ने आधुनिक प्रविधिलाई ‘इम्प्लान्ट’ भनिन्छ । फाउन्डेसनका अध्यक्ष डा अजय न्यौपानेका अनुसार अतिविपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने छ ।

इम्प्लान्ट प्रविधिबाट दाँत प्रत्यारोपण गर्न महँगो भएकाले आर्थिक रूपमा कमजोर मानिसलाई लक्षित गरी निःशुल्क दाँतको प्रत्यारोपण गर्न लागिएको उनले बताए ।
 
एउटा दाँत राख्न नै एक लाख रुपैयाँ हाराहारी खर्च आउने डा न्यौपानेको भनाइ छ । न्यौपानेले भने, ‘सबैलाई दाँत प्रत्यारोपण गर्न नसकिए पनि केही मानिसलाई मुस्कान दिन र आत्मबल बढाउन यो कार्यक्रम ल्याएका हौँ ।’

उनका अनुसार अगाडिको दाँत नहुनेलाई प्राथमिकता दिइने छ । फाउन्डेसनले दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समूहका मानिसलाई छनोट गर्नेछ । एउटा दाँत प्रत्यारोपण गर्नका लागि कम्तीमा तीनदेखि ६ महिना लाग्ने डा न्यौपानेले जानकारी दिए ।
 
साइराम डेन्टल केयरले चितवनमा रहेर आठ वर्षदेखि दाँतको प्रत्यारोपण गर्दै आएको छ । विशेषगरी बायोहोराइजन कम्पनीका उत्पादन दुई वर्षदेखि प्रत्यारोपण गर्न लागिएको उनको भनाइ छ । 

फाउन्डेसनका डा सरु थापाले अगाडिका दाँत नहुँदा मानिसमा आत्मबल पनि कमजोर हुने भएकाले विपन्नलाई सहयोग गर्न कार्यक्रम अघि सारिएको बताइन् । उनले भनिन्, ‘फाउन्डेसनले अन्य दातासमेत खोजेर आफ्नो समेत सहयोगमा विपन्नलाई सहयोग गर्नेछ ।’

चिकित्सक दम्पतीले फाउन्डेसनमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरण, बालबालिकाको निःशुल्क दन्त परीक्षणलगायतका काम गर्दै आएका छन् ।

फाउन्डेसनका अध्यक्ष डा न्यौपाने भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख एवं जिल्लाका पुराना दन्त चिकित्सक हुन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ११ : ०२ बजे

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण

झलनाथको आरोप : जेन–जीका नाममा ‘सन्ड मुसुन्ड’ले देशमा कोतपर्व भन्दा ठूलो विध्वंश मच्चाए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा नेकपा (एकीकृत समाजवादी)

चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

राँझा– बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत

काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान