विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’ « Khabarhub

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा विपन्नलाई निःशुल्क दाँतको इम्प्लान्ट प्रदान गरिने भएको छ । 

नारायणगढमा रहेको साइराम डेन्टल केयरमा १० जना विपन्न परिवारका व्यक्तिलाई निःशुल्क दाँतको इम्प्लान्ट गरिने भएको हो ।
 
दाँत नभएको ठाउँमा नयाँ दाँत प्रत्यारोपण गर्ने आधुनिक प्रविधिलाई ‘इम्प्लान्ट’ भनिन्छ । फाउन्डेसनका अध्यक्ष डा अजय न्यौपानेका अनुसार अतिविपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने छ ।

इम्प्लान्ट प्रविधिबाट दाँत प्रत्यारोपण गर्न महँगो भएकाले आर्थिक रूपमा कमजोर मानिसलाई लक्षित गरी निःशुल्क दाँतको प्रत्यारोपण गर्न लागिएको उनले बताए ।
 
एउटा दाँत राख्न नै एक लाख रुपैयाँ हाराहारी खर्च आउने डा न्यौपानेको भनाइ छ । न्यौपानेले भने, ‘सबैलाई दाँत प्रत्यारोपण गर्न नसकिए पनि केही मानिसलाई मुस्कान दिन र आत्मबल बढाउन यो कार्यक्रम ल्याएका हौँ ।’

उनका अनुसार अगाडिको दाँत नहुनेलाई प्राथमिकता दिइने छ । फाउन्डेसनले दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समूहका मानिसलाई छनोट गर्नेछ । एउटा दाँत प्रत्यारोपण गर्नका लागि कम्तीमा तीनदेखि ६ महिना लाग्ने डा न्यौपानेले जानकारी दिए ।
 
साइराम डेन्टल केयरले चितवनमा रहेर आठ वर्षदेखि दाँतको प्रत्यारोपण गर्दै आएको छ । विशेषगरी बायोहोराइजन कम्पनीका उत्पादन दुई वर्षदेखि प्रत्यारोपण गर्न लागिएको उनको भनाइ छ । 

फाउन्डेसनका डा सरु थापाले अगाडिका दाँत नहुँदा मानिसमा आत्मबल पनि कमजोर हुने भएकाले विपन्नलाई सहयोग गर्न कार्यक्रम अघि सारिएको बताइन् । उनले भनिन्, ‘फाउन्डेसनले अन्य दातासमेत खोजेर आफ्नो समेत सहयोगमा विपन्नलाई सहयोग गर्नेछ ।’

चिकित्सक दम्पतीले फाउन्डेसनमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरण, बालबालिकाको निःशुल्क दन्त परीक्षणलगायतका काम गर्दै आएका छन् ।

फाउन्डेसनका अध्यक्ष डा न्यौपाने भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख एवं जिल्लाका पुराना दन्त चिकित्सक हुन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ११ : ०२ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र