राष्ट्रिय वाणिज्य बैंकले ‘आरवीवी फोकस ४०’ म्युचुअल फण्ड बिक्री गर्ने  « Khabarhub

राष्ट्रिय वाणिज्य बैंकले ‘आरवीवी फोकस ४०’ म्युचुअल फण्ड बिक्री गर्ने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापक रहेको आरवीवी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरवीवी फोकस ४० बिक्रीमा ल्याउने भएको छ । उक्त फण्ड भदौ १८ गतेदेखि बिक्री खुला हुने भएको छ ।

जम्मा निष्काशनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखेको छ भने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरूमा निष्काशन गर्ने भएको छ ।

सार्वजनिक निष्काशन गर्न लागिएको मध्ये एक प्रतिशत योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ ।

लगानीकर्ताले न्यूनतम प्रतिइकाई १० रुपैयाँका दरले १०० इकाई र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।

फण्डको इकाई बिक्री बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैङ्किङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आरवीवी मर्चेन्ट बैङ्किङ रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ११ : २५ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र