चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता « Khabarhub

चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीले आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता रहेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यो घटना शनिबार राति करिब १० बजे भएको हो ।

उराद रियर ब्यानर भन्ने ठाउँमा १३ जनाको एउटा समूह खुला ठाउँमा डेरा जमाइरहेको बेला अचानक बाढी आएको थियो । घटनापछि एक जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य चार जनाको खोजी कार्य अझै जारी रहेको छ ।

सरकारले उद्धार प्रयासलाई तीव्र बनाउने आदेश दिएको छ र बेपत्ताहरूको अवस्थाबारे पुष्टि गर्न एक विशेष टोली घटनास्थलमा पठाइएको छ ।

चीनमा गर्मी महिनामा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार देखिने गर्छन् । केही स्थानहरूमा अत्यधिक वर्षा हुने गर्छ भने अन्य ठाउँमा गर्मीले समस्या उत्पन्न गर्छ ।

यसअघि पनि अगष्टको सुरुवातमा उत्तरपश्चिम चीनमा आएको बाढी र पहिरोका कारण कम्तीमा १३ जनाको मृत्यु भएको थियो ।

गत महिना राजधानी बेइजिङमा परेको भारी वर्षाले ४४ जनाको ज्यान लिएको थियो र छिमेकी हेबेइ प्रान्तमा पहिरोमा ८ जनाको मृत्यु भएको थियो ।

वैज्ञानिकहरूका अनुसार वातावरणीय परिवर्तनका कारण यस्ता विनाशकारी प्राकृतिक प्रकोपहरू झनै बढ्दै गएका छन् । रासस

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १ : १५ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा