चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता « Khabarhub

चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीले आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता रहेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यो घटना शनिबार राति करिब १० बजे भएको हो ।

उराद रियर ब्यानर भन्ने ठाउँमा १३ जनाको एउटा समूह खुला ठाउँमा डेरा जमाइरहेको बेला अचानक बाढी आएको थियो । घटनापछि एक जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य चार जनाको खोजी कार्य अझै जारी रहेको छ ।

सरकारले उद्धार प्रयासलाई तीव्र बनाउने आदेश दिएको छ र बेपत्ताहरूको अवस्थाबारे पुष्टि गर्न एक विशेष टोली घटनास्थलमा पठाइएको छ ।

चीनमा गर्मी महिनामा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार देखिने गर्छन् । केही स्थानहरूमा अत्यधिक वर्षा हुने गर्छ भने अन्य ठाउँमा गर्मीले समस्या उत्पन्न गर्छ ।

यसअघि पनि अगष्टको सुरुवातमा उत्तरपश्चिम चीनमा आएको बाढी र पहिरोका कारण कम्तीमा १३ जनाको मृत्यु भएको थियो ।

गत महिना राजधानी बेइजिङमा परेको भारी वर्षाले ४४ जनाको ज्यान लिएको थियो र छिमेकी हेबेइ प्रान्तमा पहिरोमा ८ जनाको मृत्यु भएको थियो ।

वैज्ञानिकहरूका अनुसार वातावरणीय परिवर्तनका कारण यस्ता विनाशकारी प्राकृतिक प्रकोपहरू झनै बढ्दै गएका छन् । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : १५ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका