मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए « Khabarhub

मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय एकपछि अर्का गुण्डा नाइके र गुण्डागर्दीमा संलग्नमाथि धरपकड बढाइरहेको प्रहरीले आइतबार राजु गोर्खालीलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक निवासी गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक कांग्रेसका नेतासमेत रहेका उनी यसअघि पनि दर्जनौँ पटक समातिएका व्यक्ति हुन् ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा उनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले उम्मेदवारका रुपमा सिफारिस गरेको थियो ।

यसअघि गत १६ साउनमा अर्का गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ परेका थिए । जसमध्ये १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

मुद्दा चलाइएकाहरूलाई काठमाडौं जिल्ला अदालतले २९ साउनमा जनही ३० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसपछि कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० साउनमा जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : २३ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप