विष्णु पौडेलको नजरमा अस्थिरता ल्याउने तीन शक्ति : राजावादी, रास्वपा र माओवादी « Khabarhub

विष्णु पौडेलको नजरमा अस्थिरता ल्याउने तीन शक्ति : राजावादी, रास्वपा र माओवादी


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

पाल्पा– उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राजनीतिलाई अस्थिरतातर्फ लैजान खोज्ने तीनथरी शक्तिको भविष्य नभएको बताएका छन् ।

प्रतिगामी शक्तिहरू खहरेका रुपमा आएको बताउँदै उनले नेपालमा अस्थिरता ल्याउने तीन शक्ति रहेको उल्लेख गरेका हुन् । उनका अनुसार यसरी अस्थिरता ल्याउने तीन शक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी, राजावादी र नेकपा माओवादी केन्द्र हुन् ।

उनले अस्थिरता ल्याउने शक्तिका रुपमा चित्रित गरेको माओवादी सरकार ढाल्ने र बनाउने खेलमा लागेकाले उसको राजनीतिक भविष्य नभएको दाबी गरेका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले आइतबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामी (राजावादी) हरूले केही समयअघि राजनीतिक अस्थिरता मच्चाउने कोसिस गरेको बताए ।

तर उनीहरूको त्यस कोसिसलाई जनताले बिफल पारेको पनि पौडेलले बताएका छन्। ‘प्रतिगामी शक्तिका रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके’, उनले भने, ‘उनीहरू अहिले छिन्नभिन्न अवस्थामा छन् । राजावादी कित्तामा लागेर ब्यर्थ जीवनको महत्‍वपू्र्ण समय नगुजार्न म आग्रह गर्छु ।’

प्रतिगामीहरुले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्रै भएको पनि उनले बताएका छन् ।

उपप्रधानमन्त्री पौडेलले अस्थिरता ल्याउने र भविष्य नभएको दोस्रो शक्तिका रुपमा रास्वपालाई लक्षित गरे । उनले रास्वपाको नाम नलिई उसलाई खहरेको संज्ञा दिए ।

‘यसपाली मनसुन अलिक ढिला सुरु भयो । त्यही भएर खहरे खोला बढेका छन् । तर मनसुन सकिएपछि ती खहरेमा कमिला कुद्छन्’ पौडेलले भने, ‘राजनीतिमा पनि खहरे देखिएका छन् । तिनीहरूको आयु लामो छैन ।’

पौडेलले विरोधको राजनीति गरेर ,भ्रम छर्दै यस्ता खहरेले जनतालाई अलमलमा पार्न खोजेको बताए । तर जनताले उनीहरूको नियत थाहा पाएको उनले बताए ।

‘म युवाहरूलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु’ पौडेले भने ‘भुलभुलैयामा परेर जिन्दगीको महत्वपूर्ण कसैले पनि खेर नफाल्नुहोस ।’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई लक्षित गरेका छन् ।

सरकार ढाल्छु भनेर केही समयअघि ठूलो स्वर गर्नेहरू अहिले मुर्झाएको उनले बताएका छन् ।

‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैँ सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउँछ ,’ पौडेलले भने, ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले त्यो हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनु पर्दछ ।’

वर्तमान संसद्को गणितले एमाले-कांग्रेस भन्दा दोस्रो विकल्प नभएको उनले बताएका छन् ।

सबैभन्दा सुरक्षित र स्थिर सरकार यिनै दुई दल मिल्दा मात्रै हुने भएकोले त्यसतर्फ लागेको उनले बताएका छन् । पौडेलले यो सरकार २०८४ सम्म निरन्तर हुने भएकोले भ्रममा नपर्न आग्रह गर ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : १८ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी