विष्णु पौडेलको नजरमा अस्थिरता ल्याउने तीन शक्ति : राजावादी, रास्वपा र माओवादी « Khabarhub

विष्णु पौडेलको नजरमा अस्थिरता ल्याउने तीन शक्ति : राजावादी, रास्वपा र माओवादी


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

पाल्पा– उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राजनीतिलाई अस्थिरतातर्फ लैजान खोज्ने तीनथरी शक्तिको भविष्य नभएको बताएका छन् ।

प्रतिगामी शक्तिहरू खहरेका रुपमा आएको बताउँदै उनले नेपालमा अस्थिरता ल्याउने तीन शक्ति रहेको उल्लेख गरेका हुन् । उनका अनुसार यसरी अस्थिरता ल्याउने तीन शक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी, राजावादी र नेकपा माओवादी केन्द्र हुन् ।

उनले अस्थिरता ल्याउने शक्तिका रुपमा चित्रित गरेको माओवादी सरकार ढाल्ने र बनाउने खेलमा लागेकाले उसको राजनीतिक भविष्य नभएको दाबी गरेका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले आइतबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामी (राजावादी) हरूले केही समयअघि राजनीतिक अस्थिरता मच्चाउने कोसिस गरेको बताए ।

तर उनीहरूको त्यस कोसिसलाई जनताले बिफल पारेको पनि पौडेलले बताएका छन्। ‘प्रतिगामी शक्तिका रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके’, उनले भने, ‘उनीहरू अहिले छिन्नभिन्न अवस्थामा छन् । राजावादी कित्तामा लागेर ब्यर्थ जीवनको महत्‍वपू्र्ण समय नगुजार्न म आग्रह गर्छु ।’

प्रतिगामीहरुले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्रै भएको पनि उनले बताएका छन् ।

उपप्रधानमन्त्री पौडेलले अस्थिरता ल्याउने र भविष्य नभएको दोस्रो शक्तिका रुपमा रास्वपालाई लक्षित गरे । उनले रास्वपाको नाम नलिई उसलाई खहरेको संज्ञा दिए ।

‘यसपाली मनसुन अलिक ढिला सुरु भयो । त्यही भएर खहरे खोला बढेका छन् । तर मनसुन सकिएपछि ती खहरेमा कमिला कुद्छन्’ पौडेलले भने, ‘राजनीतिमा पनि खहरे देखिएका छन् । तिनीहरूको आयु लामो छैन ।’

पौडेलले विरोधको राजनीति गरेर ,भ्रम छर्दै यस्ता खहरेले जनतालाई अलमलमा पार्न खोजेको बताए । तर जनताले उनीहरूको नियत थाहा पाएको उनले बताए ।

‘म युवाहरूलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु’ पौडेले भने ‘भुलभुलैयामा परेर जिन्दगीको महत्वपूर्ण कसैले पनि खेर नफाल्नुहोस ।’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई लक्षित गरेका छन् ।

सरकार ढाल्छु भनेर केही समयअघि ठूलो स्वर गर्नेहरू अहिले मुर्झाएको उनले बताएका छन् ।

‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैँ सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउँछ ,’ पौडेलले भने, ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले त्यो हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनु पर्दछ ।’

वर्तमान संसद्को गणितले एमाले-कांग्रेस भन्दा दोस्रो विकल्प नभएको उनले बताएका छन् ।

सबैभन्दा सुरक्षित र स्थिर सरकार यिनै दुई दल मिल्दा मात्रै हुने भएकोले त्यसतर्फ लागेको उनले बताएका छन् । पौडेलले यो सरकार २०८४ सम्म निरन्तर हुने भएकोले भ्रममा नपर्न आग्रह गर ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : १८ बजे

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको

भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर– जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण र

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ