पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान गर्न पाउने  « Khabarhub

पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान गर्न पाउने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नि:सन्तान दम्पतीहरूलाई सन्तान सुख दिनका लागि नेपालमा लामो समयदेखि आईभीएफ सेवा सञ्चालनमा रहेको छ । जसबाट धेरै दम्पतीहरूले सन्तान प्राप्त पनि गरेका छन् । 

तर पछिल्लो समय काठमाडौं उपत्यकामा सञ्चालित केही आईभीएफ सेण्टरमा आईभीएफकै लागि किशोरीहरूबाट अवैध रूपमा अण्डाहरू झिकेर कारोबार भइरहेको तथ्य खुलेपछि यसलाई व्यवस्थित गर्न भन्दै स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेका छन् । अब यसको कार्यान्वयन प्रक्रिया अगाडी बढाइने मन्त्रालयले जनाएको छ । नयाँ मापदण्ड अनुसार दाताको उमेर २० देखि ३५ वर्षको बिचमा हुनुपर्नेछ । 

त्यस्तै महिला दाताको हकमा एक जनाले छ पटक भन्दा बढी डोनेशन दिन नमिल्ने, डोनेसनको अवधि कम्तीमा पनि तीन महिनाको फरक हुनु पर्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक संस्थाहरुबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्नेछ । 

पुरुष एक व्यक्तिले १५ दिनको फरकमा दश पटक भन्दा बढी डोनेशन दिन नमिल्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक संस्थाहरुबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्नेछ । 

त्यस्तै अण्डा दान वा विर्यदान गर्ने दाताको परिचय प्रापकलाई खुलाउन नमिल्ने, शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवा रोग नभएको हुनुपर्ने, नागरिकता नं.तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नु पर्ने प्रावधान पनि मापदण्डमा राखिएको छ । 

बिरामीको आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नं मार्फत रेकर्ड राख्नु पर्ने, डोनेशन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षणहरूको रिपोर्ट अनिवार्य पेश गर्नु पर्ने र सेरोलोजी टेष्ट विगत तीन महिना भित्र नेगेटिभ आएको हुनुपर्ने उल्लेख छ । 

दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई सुसूचित मन्जुरीनामा लिनु पर्ने, विवाहितको हकमा श्रीमान् श्रीमती दुवै जनाको सुसूचित मन्जुरी हुनु पर्ने, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेशन दिन बाध्य पार्न पाइने छैन मापदण्डमा भनिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ४९ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै