अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन « Khabarhub

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मान्म– पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो । 

गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको थियो । 

राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने मार्ग अवरुद्ध भएकामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए  । उनका अनुसार आज दिउँसोदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
 
कर्णाली राजमार्गको खिड्की, जिउँला, गगने, बिहानी, नाग्मालगायत सबै ठाउँको अवरोध हटाएर यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ४ : ०० बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य