आईभीएफ सेवाको शुल्क स्वास्थ्य मन्त्रालयले तोक्ने  « Khabarhub

आईभीएफ सेवाको शुल्क स्वास्थ्य मन्त्रालयले तोक्ने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -विभिन्न अस्पताल तथा आईभीएफ सेन्टरहरूले मनोमानी ढंगले सेवाग्राहीहरूबाट लाखौँ रकम असुलिरहेकोमा अब आईभीएफ शुल्क स्वास्थ्य मन्त्रालयले तोक्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज स्वीकृत गरेको निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ अनुसार कुनै पनि गैरसरकारी वा निजी स्वास्थ्य संस्थाले मन्त्रालय वा तोकिएको निकायबाट अनुमति नलिई सेवा सञ्चालन गर्न पाउने छैनन् भने बढी शुल्क लिने संस्थालाई सरकारले कारबाही गरिनेछ । 

त्यस्तै सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे अनुगमन गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुखको संयोजकत्वमा एक अनुगमन समिति रहनेछ । समितिले वर्षमा कम्तीमा दुई पटक वा आवश्यकताअनुसार कुनै पनि समयमा अनुगमन गर्न सक्ने कुरा मापदण्डमा उल्लेख छ ।

अनुमति प्राप्त संस्थाले नियमित नवीकरण गराउनुपर्नेछ । मापदण्ड पूरा नगर्ने, नवीकरण नगराउने वा निर्देशन पालना नगर्ने संस्थाको सेवा मन्त्रालयले बन्द गर्न वा अनुमति खारेज गर्न सक्नेछ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : १४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को