शिविरमार्फत सेवा दिँदै वडा कार्यालय « Khabarhub

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ । वडा कार्यालयले कैलाली जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको हो ।

शिविरमार्फत ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र ‘बायोमेट्रिक’ विधिबाट नवीकरण गर्ने काम भइरहेको वडा सचिव विनोद रजवारले जानकारी दिए  । 

उनले साउन २९ र ३० गते दुई दिन कैलालीको धनगढीमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको जानकारी दिए । उक्त शिवरमा ६० ज्येष्ठ नागरिक लाभग्राहीको बायोमेट्रिक विधिबाट सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको थियो । 

उनले भने, ‘सडक बिग्रिएको छ । गाउँसम्म जान वृद्धवृद्धालाई अप्ठ्यारो छ । त्यसैले जहाँ बस्नुभएको छ, त्यहीँ सेवा दिन थालेका हौँ ।’

त्यस्तै, यही भदौ २ गते कैलालीको अत्तरियामा शिविर सञ्चालन गरिने वडा सचिव रजवारले जानकारी दिए । शिविर गाउँपालिकाको पञ्जीकरण शाखाको सहजीकरणमा सञ्चालन भइरहेको छ । वडा कार्यालयको कार्यले ज्येष्ठ नागरिकलाई सहज भएको छ । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १९ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि