पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल « Khabarhub

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नीतिगत पृष्ठभूमि र साझा कार्यक्रमका आधारमा संसद्का दुई ठूला दलबीच सहयात्रा भइरहेको बताए । यो सहयात्रा २०८४को आमनिर्वाचनसम्म कायम रहने उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । 

‘वर्तमान सरकारमा एमाले, कांग्रेस र अन्य साना दल सहभागी छौँ । नीतिगत पृष्ठभूमि र कार्यक्रमका आधारमा सहयात्रा गरिरहेका छौँ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । त्यसैले सहयात्रा पूर्वसहमतिअनुसार अगाडि बढ्छ’, उनले भने । 

हाल स्थिर सरकारको प्रत्याभूति दिने काम भएको भन्दै उपप्रधानमन्त्री पौडेलले केही अस्थिरता खोज्ने व्यक्ति तथा पार्टीले बेला बेला सरकार ढल्दै छ भनेर हल्ला फैलाए पनि त्यो हल्लामै सीमित रहने बताए  । 

उनले खहरेका रूपमा देखा परेर मूलधारको राजनीतिमा आएका तर अस्थिरताको खोजी गरिरहेका दलहरूको भविष्य नभएको टिप्पणी गरे । 

उपप्रधानमन्त्री पौडेलले भगवती जात्राको अवलोकन गर्दै सबै मिलेर यस खालका संस्कृति र परम्परालाई संवर्द्धन गर्नुपर्ने र त्यही भावनाअनुसार सरकारले  भगवती मन्दिरको पुनः निर्माणका लागि बजेटको व्यवस्था गरेको उल्लेख गरे  । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक सम्पदाको संरक्षण गरी धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्न सरकार लागिरहेको बताए । 

उनले पाल्पा सम्भावना बोकेको जिल्ला भएकाले यसलाई उर्वर र समृद्ध बनाउन यहाँका नागरिक नै जाग्न जरुरी रहेको धारणा राखे । 

मन्त्री पाण्डेले भगवती मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्त्व रहेकाले यसलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताए  । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ३२ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि