इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह « Khabarhub

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन्।

तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटका हुन् । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा उनीहरुले विपिन निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै उनको तत्काल रिहाइका लागि मानवीय पहल गरिदिन अनुरोध गरेका थिए।

सो अवसरमा राष्ट्रपति हर्जगले विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आकस्मिक आक्रमणका क्रममा अपहरणमा परेको विषय अब इजरायली पक्षका लागि पनि नौलो नभएको बताए। उनले विपिनलाई “इजरायलको आफ्नै नागरिकझैँ” मानिएको बताउँदै रिहाइका लागि निरन्तर प्रयास गरिरहेको स्पष्ट पारे।

साथै उनले नेपाल सरकार पनि सम्बन्धित अरब मुलुकहरूसँग सक्रियतापूर्वक पहल गर्न सके थप सकारात्मक परिणाम आउन सक्ने धारणा राखे।

यसै क्रममा, विपिनकी आमा र बहिनीले इजरायली संसद (केनेसट)का अध्यक्ष आमिर ओहानासँग पनि भेट गरेका छन् । भेटका क्रममा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिनआग्रह गरेका छन्। अध्यक्ष ओहानाले समेत विपिनसहित अन्य सबै बन्धकहरूको खोजी कार्य जारी रहेको उल्लेख गर्दै, नेपाल–इजरायलबीचको मित्रवत सम्बन्ध यस मुद्दामा अझ सुदृढ बनेको बताए। उनले हालै जेनेभामा नेपालका समकक्षीसँग भएको भेटमा पनि विपिनको विषयमा छलफल भएको स्मरण गर्दै दुवै सरकार पक्षबाट प्रयास भइरहेको जानकारी दिए।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा विपिनको रिहाइका लागि इजरायली सरकार निरन्तर सक्रिय रहेको र नेपाल सरकारको तर्फबाट समेत उच्च तहमा पहल भइरहेको जनाएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ९ : १९ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि