पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा ३४४ जनाको मृत्यु भएको र १५० भन्दा बढी अझै हराइरहेको बताएका छन् । बिहीबारदेखि देशभर परेको मुसलधारे वर्षाका कारण बाढी, मुसलधारे पानी र पहिरोका कारण खैबर पख्तुनख्वा प्रान्तमा पूरै गाउँ नै बगाएको छ भने कैयौँ बासिन्दा भग्नावशेषमा फसेका छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा बढी ३१७ जनाको मृत्यु भएको छ भने आगामी दिनमा तीव्र मनसुनी वर्षा हुने अनुमान गरिएको छ। “हामीले सबै घर, भवन र सवारी साधनहरू काठका टुक्राजस्तै बगाएको देख्यौँ। बाढी र पहिरोबाट बच्न हामी पहाड चढ्न सफल भयौँ तर तल हेर्दा हाम्रो घर पुरिएको थियोे,” बुनेर जिल्लाका एक शिक्षक सुलेमान खानले भने । उनले २५ जना आफन्त गुमाएको बताए ।

बुनेरमा १५० भन्दा बढी व्यक्ति हराइरहेका छन्, जहाँ कम्तीमा २०८ जनाको मृत्यु भएको छ र ‘१० देखि १२ वटा’ गाउँ पूर्ण वा आंशिक रूपमा पुरिएको अधिकारीहरूले एएफपीलाई बताएका छन्।

खैबर पख्तुनख्वा प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अस्फान्दयार खट्टकले भने, “उनीहरू घरको भग्नावशेषमा फसेका हुन सक्छन् वा बाढीको पानीले बगाएको हुन सक्छ ।

खट्टकले भने, “साङ्ला जिल्लामा पनि दर्जनौं मानिस हराइरहेका छन् ।”प्रान्तको उद्धार एजेन्सीका प्रवक्ताले एएफपीलाई बताएअनुसार वर्षाका कारण अझै पनि उद्धार आवश्यक भएका नौ जिल्लामा करिब दुई हजार उद्धारकर्मी खटिएका छन् ।

बिलाल अहमद फैजीले भने, “भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य जारी छ।” बुनेरमा आधा पुरिएका सवारी साधन र सामान, घर र पसलहरू ढाकेको दृष्यहरू स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक देख्न सकिन्छ ।

प्रभावित क्षेत्र वरपर केही दिनदेखि बन्द विद्युत् आपूर्ति आइतबार दिउँसोबाट सुचारु भएको छ । कैसर अली शाहले एएफपीलाई दिएको जानकारीअनुसार उनले पछिल्लो दुई दिनमा २९ वटा चिहान खनेको बताए । यसले प्रभावित षेत्रको भयाबह अवस्थालाई देखाउँछ ।

बाढीले बगाएको सडकले उद्धारका सवारी साधनको आवागमनमा बाधा पु-याएको छ भने केही गाउँलेले पानी घटेपछि बाटो खुलाउन ढलेका रुख काट्ने काम गरेका छन् ।“हाम्रा सामानहरू छरिएका छन्, नष्ट भएका छन् र खराब अवस्थामा छन्,” बुनेरका एक स्थानीय व्यापारी नूर मुहम्मदले एएफपीलाई बताए ।

उनले भने, “पसललगायत अन्य सबै नष्ट भएका छन् । मानिसहरुसँग भएको थोरै पैसा पनि बगाएको छ।” प्रदेश सरकारले अति प्रभावित हिमाली जिल्ला बुनेर, बाजौर, स्वात, साङ्ला, मानसेहरा र बट्टाग्रामलाई विपद् प्रभावित क्षेत्र घोषणा गरेको छ ।

शनिबार सयौँ मानिसहरू भेला भई सामूहिक अन्त्येष्टिमा सहभागी भएका छन् । पाकिस्तानको मौसम विभागले अझै आइतबारदेखि ‘मुसलधारे वर्षा’ हुने र मनसुनी गतिविधि तीव्र हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : २२ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि