टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै « Khabarhub

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ। नेपाली समयअनुसार सोमबार बिहान ७ः१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। अर्कोतर्फ, बिग ब्यास लिग खेलि सकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान उत्रिनेछन्।

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ विरुद्ध पनि ३२ रनले स्तब्ध बनेको थियो।

मेलबर्न स्टार्सले भने मिश्रित प्रदर्शन गरेको छ। पहिलो खेलमा आफ्नै शहरी प्रतिद्वन्द्वी मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित भएको स्टार्सले दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गरेका थियाे ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : ५८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२