फिलिपिन्स र अष्ट्रेलियाबीच सैन्य अभ्यास शुरु « Khabarhub

फिलिपिन्स र अष्ट्रेलियाबीच सैन्य अभ्यास शुरु


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रशान्त क्षेत्रमा चीनले आफ्नो प्रभाव बढाइरहँदा फिलिपिन्स र अष्ट्रेलियाले संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । दुई मुलुकले दक्षिण चीन सागर नजिकै अभ्यास गरेका हुन् ।

अभ्यासमा ३ हजार ६ सयभन्दा धेरै सैनिक सहभागी रहेको डिफेन्स न्यूजले जनाएको छ । अभ्यासलाई ‘अलोन’ नाम दिइएको छ । फिलिपिनी भाषामा यसको अर्थ तरङ्ग हुन आउँछ ।

यस अभ्यासमा गाइडेड क्षेप्यास्त्रवाहक युद्धपोत, एफ/ए–१८ सुपरसोनिक लडाकु विमान, सी १३० विमान, ज्याभलिन ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्र र विशेष हतियार प्रयोग गरिएको छ । यस अभ्यासमा जापान, अमेरिका, क्यानाडा, दक्षिण, कोरिया र इन्डोनेशियाका सैनिक अधिकारी पनि पर्यवेक्षकका रुपमा उपस्थित छन् ।

यस अभ्यास आगामी अगस्ट २९ सम्म सञ्चालन हुने छ । पछिल्लो समय दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला फिलिपिन्स र अस्ट्रेलियाले सञ्चालन गरेको अभ्यासलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ३१ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,