एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी « Khabarhub

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको छ।

मंगलबार राति यूएईमा टस जितेर बंगलादेशले सुरुमा ब्याटिङ गरेको थियो। सुरुमा ब्याटिङ गरेको बंगलादेशले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १५४ रन बनाएको थियो।

१५५ रनको चुनौती पछ्याएको अफगानिस्तानले पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १४६ रन मात्र बनाएको हो। सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि तन्जीव हसनले अर्धशतक बनाए। ३१ बलको सामना गरेका उनले तीन छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाएका हुन्। अफगानिस्तानका लागि रासिद खान र नोह अहमदले दुईदुई विकेट हात पारे।

१५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाउँदा अज्मतुल्लाह ओमारजाईले ३० रन जोडे। अन्तिम समयमा कप्तान रासिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ११ बलमा २० रन जोडे पनि जितका लागि त्यो पर्याप्त भएन।

अफगानिस्तानलाई रोक्न बंगलादेशका लागि मुस्ताफिजुर रहमानले तीन विकेट हात पार्दा तस्किन अहमद र
रसिद हुसेनले दुईदुई विकेट हात पारे।

यो जितसँगै बंगलादेशले चार अंक जोडेको छ भने अफगानिस्तान दुई अंकसहित तेस्रो स्थानमा झरेको छ। दोस्रो चरण प्रवेशका लागि अफगानिस्तानले अर्को खेलमा श्रीलंकामाथि जित निकाल्नुपर्ने दबाब छ।

दुई समूहमा बाँडिएको प्रतियोगितामा आठ टिम सहभागी छन् । समूह ‘ए’को भारत सुपर फोमा पुगिसकेको छ । भारत भारत चार अंकसहित शीर्ष स्थानमा छ भने पाकिस्तान दुई अंकसहित दोस्रो स्थानमा छ । यूएईले दुई अंक जोडेको छ भने दुई खेल खेलेको ओमान अंकबिहीन छ ।
समूह ‘बी’मा श्रीलंका र बंगलादेशले चारचार अंक जोडेका छन् भने अफगानिस्तानको दुई अंक छ । अंकबिहीन हङकङ भने प्रतियोगिताबाट बाहिरिनेछ । समूह ‘बी’को अन्तिम खेलमा श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको नतिजापछि मात्र सुपर फोमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ३४ बजे

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र