खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो । 

जिल्लामा खोलिएका सुपथ मूल्यको पसल यही असोज १० गतेसम्म सञ्चालन लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित व्यापार कम्पनी लिमिटेडको कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय तथा खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो ।

यसअघि प्रतिकिलो ६५ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल डिपो कार्यालय ऐसेलुखर्क र खोटाङबजारमा हाल प्रतिकिलो ६० मा बिक्री सुरु गरिएको छ । यस्तै, प्रतिकिलो ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८५ मा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।

दिक्तेलबाट प्रतिकिलो ६४ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल अहिले प्रतिकिलो ५९ मा, प्रतिकिलो रु ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल रु ८५ मा र प्रतिकिलो ९० मा बिक्री हुँदै आएको स्तरोन्नति गरिएको स्टीम जिरा मसिनो चामल रु ८५ मा बिक्री सुरु गरिएको प्रमुख आचार्यले जानकारी दिए ।

चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चामल उपलब्ध गराउँदै खाद्यवस्तुमा बजार मूल्य स्थिरीकरण गर्न सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख आचार्यले बताए। लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेपछि ग्रामीण भेगमा बसोबास गर्दै आएका स्थानीयलाई सहज भएको छ । 

अहिलेका लागि पाँच सय क्विन्टल चामल उपलब्ध रहेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा वर्षभरिका लागि तीन हजार क्विन्टल चामल उपलब्ध हुने कार्यालय प्रमुख आचार्यले जानकारी दिए।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ३ : ०६ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा