कर्णाली राजमार्ग सञ्चालन « Khabarhub

कर्णाली राजमार्ग सञ्चालन


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।  

पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । 

उनका अनुसार गगने खोला पारिपट्टीको डाँडा पूरै सडकमा खसेर राजमार्ग अवरुद्ध बनेको थियो । वर्षा हुनेबित्तिकै लेदो र ढुङ्गासहितको पहिरो गगने खोलामा खस्ने गरेकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ३ : २३ बजे

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ