सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न « Khabarhub

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो

हालसम्म लाइनिङ र ढलानको काम सकिएको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिए । उनका अनुसार एक हजार १२६ मिटर टनेलमध्ये सुरुङ एक हजार ८९ मिटर रहेको छ । सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लाइनिङको काम सबै सकिएको उनले जानकारी दिए। 

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । 

‘सुरुङभित्रको पर्खाललाई कङ्क्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम भएको छ । इन्भर्टको काम पनि एक हजार ८९ मिटर सकिएको छ । यससँगै उत्तर र दक्षिण पोर्टलको कामसमेत अघि बढाइएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम गर्नुपर्ने छ’, आयोजना प्रमुख  अधिकारीले भने।

उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माण भइरहेको जनाउँदै उनले पाँच-सात महिनामा मुख्य टनेलबाट सवारिसाधन गुडाउन सकिने बताए। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्गको विसं २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । 

सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको थियो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्मको क्षेत्रमा अत्यधिक पहिरो झर्ने गर्दछ । 

सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : २३ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण