नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन केन्द्र (तस्बिरहरू) « Khabarhub

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन केन्द्र (तस्बिरहरू)


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ २३ र २४ गरेको जेन-जी आन्दोलनकारीले जलाएर सखाप बनाएका छन् ।

भदौ २० देखि २२ गतेसम्म नेकपा एमालेले विधान सम्मेलन गरेलगत्तै उक्त सम्मेलन केन्द्र जेन-जीका नाममा जलाएर सखाप बनाइएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाखमा उत्घाटन गरेको सम्मेलन केन्द्र अहिले खण्डहर बनेको छ । उक्त सम्मेलन केन्द्र बनेसँगै गोदावरी क्षेत्रमा मानिसहरूको चहलपहल ब्यापक बनेको थियो ।

तर सम्मेलन केन्द्र जेन-जीका नाममा जलाइएसँगै त्यस क्षेत्रको एउटा आकर्षणको केन्द्र निभेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको ३ हजार दर्शक क्षमताका सम्मेलन केन्द्र ८१ करोडमा केसी–समानान्तर जेभीले निर्माण गरेको थियो ।

निर्माण सम्पन्न भएको लगभग ४ वर्षमै आगजनीका कारण सम्मेलन केन्द्र ध्वस्त भएको छ । उक्त सम्मेलन केन्द्र जेन-जी आन्दोलनका क्रममा एमालेको भन्दै आगो झोसिएको थियो । तर नेता र दलको रिस फेर्न देशकै एउटा पहिचान ध्वस्त बनाइएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ३४ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई