नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन केन्द्र (तस्बिरहरू) « Khabarhub

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन केन्द्र (तस्बिरहरू)


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ २३ र २४ गरेको जेन-जी आन्दोलनकारीले जलाएर सखाप बनाएका छन् ।

भदौ २० देखि २२ गतेसम्म नेकपा एमालेले विधान सम्मेलन गरेलगत्तै उक्त सम्मेलन केन्द्र जेन-जीका नाममा जलाएर सखाप बनाइएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाखमा उत्घाटन गरेको सम्मेलन केन्द्र अहिले खण्डहर बनेको छ । उक्त सम्मेलन केन्द्र बनेसँगै गोदावरी क्षेत्रमा मानिसहरूको चहलपहल ब्यापक बनेको थियो ।

तर सम्मेलन केन्द्र जेन-जीका नाममा जलाइएसँगै त्यस क्षेत्रको एउटा आकर्षणको केन्द्र निभेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको ३ हजार दर्शक क्षमताका सम्मेलन केन्द्र ८१ करोडमा केसी–समानान्तर जेभीले निर्माण गरेको थियो ।

निर्माण सम्पन्न भएको लगभग ४ वर्षमै आगजनीका कारण सम्मेलन केन्द्र ध्वस्त भएको छ । उक्त सम्मेलन केन्द्र जेन-जी आन्दोलनका क्रममा एमालेको भन्दै आगो झोसिएको थियो । तर नेता र दलको रिस फेर्न देशकै एउटा पहिचान ध्वस्त बनाइएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ३४ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ