जेन-जी आन्दोलनका सहिदलाई एमालेको श्रद्धाञ्जली, महासचिव पोखरेल भन्छन्- एमाले युवाको पार्टी हो « Khabarhub

जेन-जी आन्दोलनका सहिदलाई एमालेको श्रद्धाञ्जली, महासचिव पोखरेल भन्छन्- एमाले युवाको पार्टी हो


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) ले जेन‍-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको विभागीय बैठकले राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको हो।

बैठकमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताए ।

उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउँदै जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने एमाले मात्रै रहेको पनि जानकारी दिए ।

त्यसैगरी, पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले राजनीतिक दलहरूबीच अन्तरक्रियाभन्दा पनि सहकार्य आवश्यक रहेको बताए।

उनले अहिले संयमित भएर शक्ति आर्जन गर्ने समय भन्दै वर्तमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उपमहासचिव ज्ञवालीले आगामी असोज ३ गते संविधान दिवसको अवसरमा बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम राखिएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : २५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२