दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ « Khabarhub

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भदौ २३ र २४ गतेका हिंसात्मक घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रसाईंले आफू र आफ्नो अभियानका सदस्यहरू सो आन्दोलनमा संलग्न नरहेको स्पष्ट पारेका छन्। मेयर बालेन शाहले आउनु पर्दैन भनेकाले सहभागिता नगरेको उनले बताएका छन्। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सरकारी सम्पत्तिमा आक्रमणलाई उनले दुःखद बताउँदै घटनाको जिम्मा वास्तविक संलग्न पक्षले लिनुपर्ने बताएका छन्।

उनले आफूहरूलाई ‘राजावादी’ भनेर आरोप लगाइएकोमा आपत्ति जनाउँदै आफूहरू राष्ट्रवादी भएको स्पष्ट पारे। विगतका राजनीतिक घटनाक्रमलाई जोड्दै प्रसाईंले नेपालमा पश्चिमी प्रभाव र षड्यन्त्र सक्रिय रहेको दाबी गरे। उनले यस्तो गतिविधिको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा प्रवेश गराई अस्थिर बनाउनु रहेको आरोप लगाए।

प्रसाईंले राष्ट्र, धर्म र नागरिकको सुरक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरू एकजुट भई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले राजाले पनि राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : ४४ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई