कार्यपालिका बैठकमा मेयर बालेन्द्र र वडाध्यक्ष तण्डुकारबीच भनाभन | Khabarhub Khabarhub

कार्यपालिका बैठकमा मेयर बालेन्द्र र वडाध्यक्ष तण्डुकारबीच भनाभन


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा भनाभन भएको छ।

बैठकमा वडाध्यक्ष तण्डुकारले महानगरपालिकाको स्थायी भवन नहुँदा कार्यपालिका बैठकसम्म बस्न समस्या भएको बताउँदै तत्काल निर्माण कार्य अघि बढाउन आग्रह गरे।

‘हामीलाई अहिले अस्पतालभन्दा पहिले महानगरको आफ्नै भवन हुनुपर्छ, त्यसैले अब आश्वासनले होइन, कामले देखाउनुपर्ने बेला हो’, उनले भने ।

उता उनलाई जवाफ दिँदै मेयर बालेन्द्रले भवन निर्माण तिहारपछि सुरू हुने बताए । ‘तिहार पछाडि सुरू गर्नुपर्छ कि पर्दैन के हो तपाईंको कुरा ? मैले तिहारपछि भवन निर्माण सुरू हुन्छ भनिसकेको छु’, उनले भने ।

तर वडाध्यक्ष तण्डुकारले अब ढिला गर्न नहुने भन्दै तत्कालै काम सुरू गर्न जोड दिएपछि दुवैबीच भनाभन भएको हो । त्यसक्रममा मेयर साहले व्यङ्ग्य गर्दै भने, ‘भवन छिटो बनाऊँ भन्नु भयो, त्यसो भए के १० दिनको तिहारलाई आजै सक्काउन मिल्छ?’

तण्डुकारले दुई वर्षअघि नै महानगर भवन निर्माणको जिम्मा मेयर साहले लिए पनि अहिलेसम्म काम नदेखिएको टिप्पणी गरे । त्यसपछिस मेयर साह चिढिएका थिए। उनले तण्डुकारलाई जवाफमा भने, ‘ए ल ल, तिहारलाई चाँडो सक्काइदिनु भन्छु, आजै तिहार सकियोस् भन्छु म ।’

महानगरको कार्यालय भवन निर्माणबारे पछिल्लो केही समयदेखि विवाद र ढिलाइ भइरहेको छ। बैठकमा यो विषयमा वडाध्यक्ष र मेयरबीच तिखो बहस भएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : ३७ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता