जेन-जी आन्दोलन प्रभाव : ऋण प्रवाह कमजोर, मुद्दतीको ब्याजदर थप घट्यो « Khabarhub

जेन-जी आन्दोलन प्रभाव : ऋण प्रवाह कमजोर, मुद्दतीको ब्याजदर थप घट्यो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनको प्रभाव बैंकिङ क्षेत्रमा देखिएको छ । बैंकिङ क्षेत्रमा कर्जाको मागमा सुस्तता देखिएको कारण निक्षेप र ऋण प्रवाहको अन्तर बढ्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकको असोज कात्तिक गतेसम्मको तथ्यांकअनुसार नेपालको बैंकिङ क्षेत्रमा ७४ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन हुन पुगेको छ भने सो अवधिसम्म बैंकिङ क्षेत्रबाट जम्मा ५६ खर्ब २५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।

बैंकिङ क्षेत्रमा कर्जा मागको वृद्धि नभएकै कारणले कात्तिक महिनाका लागि अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर थप घटाएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये १४ वटाले असोज महिनाको तुलनामा कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् ।

त्यस्तै, १० वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा कात्तिक महिनाका लागि संस्थागत मुद्दती तर्फको ब्याजदर पनि घटाएका छन् । व्यक्तिगत र संस्थागत दुवै मुद्दतीतर्फ कात्तिक महिनाका लागि बैंकहरूको ब्याजदर क्रमशः ०.२६३ र ०.२२०५ प्रतिशतले घट्न पुगेको छ ।

माछापुच्छ्रे, एनएमबी, नविल, प्राइम, प्रभु, सिटिजन्स, लक्ष्मि सनराइज, एभरेष्ट, एनआईएमबी, एनआईसी एशिया, स्टान्डर्ड चाटर्ड, नेपाल एसबिआई, कृषि विकास र सानिमा बैंकले असोज महिनाको तुलनामा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् ।

तर, नेपाल बैंक, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आईएमई र हिमालयन बैंकले भने कात्तिक महिनाकै ब्याजदर कायम राख्ने भएका छन् ।

वाणिज्य बैंकमा कात्तिकका लागि व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै ६ प्रतिशत ग्लोबल आईएमई र हिमालयन बैंकले ब्याजदर कायम गरेका छन् भने सबैभन्दा थोरै ४.९५ प्रतिशत नबिल, प्रभु र कृषि विकास बैंकले ब्याजदर कायम गरेका छन् ।

संस्थागत मुद्दतीतर्फ माछापुच्छ्रे एनएमबी, नबिल, प्रभु, एभरेष्ट, एनआईसी एशिया, नेपाल एसबिआई, कृषि विकास, सानिमा र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने अरु बैंकले यथावत राखेका छन् । 

कात्तिक महिनाका लागि संस्थागत मुद्दतीतर्फ सबैभन्दा धेरै ४.५ प्रतिशत हिमालयन र एनआईसी एशिया बैंकले दिने भएका छन् भने सबैभन्दा थोरै २.७५ प्रतिशत प्राइम, प्रभु, स्टान्डर्ड चाटर्ड र कृषि विकास बैंकले ब्याजदर कायम गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ४१ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई