जावलाखेलमा पुष्प मेलाको रौनक (तस्बिरहरू) « Khabarhub

जावलाखेलमा पुष्प मेलाको रौनक (तस्बिरहरू)


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज २५ गतेदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘१८औँ गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी २०८२’ मा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ । 

असोज २५ देखि कार्तिक २ गतेसम्म चल्ने यो एक्पोमा राजधानीका विभिन्न स्थानबाट आएका सर्वसाधारण फूल र बिरुवाको आकर्षणमा रमाइरहेका छन् ।

गोदावरीबाट ल्याइएका विभिन्न प्रजातिका फूल र सजावटी बिरुवाले प्रदर्शनीको रौनक बढाएको छ । यहाँ भेटिने फुलका थरीथरी रंग र आकारहरूले बालबालिकादेखि वृद्धसम्म सबैलाई मोहित पारेका छन् । तिहार नजिकिँदै गर्दा धेरै ग्राहकहरू फूल र बिरुवा किन्न व्यस्त देखिन्छन् । कतिपयले सवारीसाधनमा थुप्रै फूलका गमला र बोटहरू बोकेर घर फर्किरहेका छन् ।

फ्लोरा एक्स्पोको प्रवेशद्वार रंगीन फूलहरूले सजाइएको छ, जसले आगन्तुकहरूको स्वागत गरिरहेको छ । आयोजकहरूले गोदावरी फूल उत्पादन र संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेका हुन् ।

तिहारलाई ‘फूल र बत्तीको पर्व’का रूपमा मनाइने भएकाले यस प्रदर्शनीमा फूलको माग असाध्यै बढेको सहभागीहरूको भनाइ छ । धेरै मानिसहरू आफ्ना घर र आँगन सजाउनका लागि गोदावरी, मखमली, गुलेस, र विभिन्न प्रजातिका बिरुवा किन्दै गरेको देखिन्छ ।

फूलको रौनकसँगै मानिसहरूको अनुहारमा खुसी झल्किरहेको छ । केही फोटा खिच्दै छन्, केही फूलको सुगन्धमा रमाइरहेका छन् । यो प्रदर्शनीले काठमाडौं उपत्यकामा तिहारको सुरुवाती माहौल झनै जीवित बनाइदिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : १४ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस