बिजुली नकाट्न भन्दै उद्योगीले गुहारे प्रधानमन्त्री « Khabarhub

बिजुली नकाट्न भन्दै उद्योगीले गुहारे प्रधानमन्त्री


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बक्यौताको विषयलाई लिएर उद्योगमा बिजुली नकाट्न भन्दै दुई दर्जन बढी उद्योगीहरूले प्रधानमन्त्रीलाई गुहारेका छन् । 

डेडिकेटेड र ट्रंकलाईन बापतको अरबौँ रकम बक्यौता रहेका भनिएका उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले दिएको अल्टिमेटमको समय सकिनै लाग्दा उद्योगीहरूलाई कानुनी संरक्षण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन दिएका हुन् ।

उद्योगीहरू प्राधिकरणलाई नियमित बुझाउनुपर्ने महसुल बुझाउँदै आएको भन्दै लाल आयोगको सिफारिस बमोजिम प्रमाणका आधारमा बुझाउनुपर्ने रकम बुझाउन तयार रहेको प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख छ । 

साथै, उद्योगीहरूले प्राधिकरणले विद्युत् नै नदिएको भए पनि विशेष दरमा महसुल माग गरेको विरुद्ध पुनरावलोकनको लागि निवेदन गरेको र उक्त निवेदन विचाराधीन रहेकै अवस्थामा सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय प्राधिकरण सञ्चालक समितिबाट भएको जनाएका छन् ।

उद्योगीहरूले पत्रमार्फत प्रधानमन्त्रीसमक्ष निवेदन विचाराधीन रहँदाकै अवस्थामा प्रक्रिया रद्द गरेर लाइन काट्ने पत्राचार गर्ने अधिकार कानुनले कुन निकाय वा व्यक्तिलाई प्रदान गरेको छ भनेर प्रश्न गरेका छन् । 

कानुनी शासनको पालना, समानताको हक र सिद्धान्तको प्रश्न उठाउँदै उद्योगीले आफूखुसी राज्य शक्तिको दुरुपयोग गर्ने व्यक्तिमाथि विशेष अनुसन्धान आवश्यक भएको समेत औँल्याएका छन् ।

उद्योगीहरूले प्रधानमन्त्रीलाई बुझाएको पत्र

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : ३१ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई