काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदै गएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा फलडलाइट र प्यारापिट हस्तान्तरणपछि खुशी हुँदै कुलमानले यस्तो बताएका छन् ।
घिसिङले फेसबुकमा लेखेका छन्, ‘फ्लडलाइटको उज्यालोसँगै— केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ । वर्षौंदेखि देखिएको पूर्वाधार सम्पन्न क्रिकेट रङ्गशालाको सपना अब वास्तविकतामा परिणत हुँदैछ ।’
खेलकुदले एकातर्फ युवालाई अनुशासित र उर्जाशील बनाउदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपियाँ बजेट सुनिश्चित गरिसकेको छ ।
पहिलो चरणको निर्माणलाई सफल बनाउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाई उनले धन्यवाद दिएका छन् । सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीलाई उनले बधाइ तथा शुभकामना दिएका छन् ।
उले फेसबुकमा लेखेका छन्, ‘आशा छ— कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ ।’













प्रतिक्रिया