रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदैछ : ऊर्जामन्त्री घिसिङ « Khabarhub

रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदैछ : ऊर्जामन्त्री घिसिङ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदै गएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा फलडलाइट र प्यारापिट हस्तान्तरणपछि खुशी हुँदै कुलमानले यस्तो बताएका छन् ।

घिसिङले फेसबुकमा लेखेका छन्, ‘फ्लडलाइटको उज्यालोसँगै— केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ । वर्षौंदेखि देखिएको पूर्वाधार सम्पन्न क्रिकेट रङ्गशालाको सपना अब वास्तविकतामा परिणत हुँदैछ ।’

खेलकुदले एकातर्फ युवालाई अनुशासित र उर्जाशील बनाउदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपियाँ बजेट सुनिश्चित गरिसकेको छ ।

पहिलो चरणको निर्माणलाई सफल बनाउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाई उनले धन्यवाद दिएका छन् । सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीलाई उनले बधाइ तथा शुभकामना दिएका छन् ।

उले फेसबुकमा लेखेका छन्, ‘आशा छ— कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ ।’

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : १३ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि