भियतनाममा पहिरोमा पुरिएर छ जनाको मृत्यु « Khabarhub

भियतनाममा पहिरोमा पुरिएर छ जनाको मृत्यु


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भियतनाममा भारी वर्षाले निम्त्याएको पहिरोका कारण कम्तिमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको  विपद् एजेन्सीका अधिकारीहरूले सोमबार बताएका छन् ।  
 
विपद् व्यवस्थापन अधिकारीका अनुसार खान प्रान्तको सुन्दर खान पासमा माटो र चट्टान खस्दा यात्रु बस डुबेको थियो, जसमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।  

 मिडियाका अनुसार बसमा ३२ जना यात्रु थिए भने केही घाइतेहरूको टाउको लगायतका  अङ्गमा चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताहरू बस भित्र फसेका केही यात्रुहरूलाई उद्धार गर्न निरन्तर प्रयास गरिरहेकोसमेत मिडियाले उल्लेख गरेका छन् । 

यस अघि आइतबार खानह होआको खानह सोन पासमा मजदुरहरूको आश्रयमा पहिरो जाँदा एक जना व्यक्तिको मृत्यु भएको हुनुका साथै अर्को एक जना बेपत्ता भएको विपद् अधिकारीले बताएका छन् । 

प्राकृतिक प्रकोपका कारणले यस वर्ष २७९ जनाको ज्यान लिएको दुई अर्ब डलर भन्दा बढीको क्षति भएको भियतनामको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : २२ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि