वीर अस्पतालको सेवा प्रभावकारी बनाउन सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता « Khabarhub

वीर अस्पतालको सेवा प्रभावकारी बनाउन सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजी अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता गरेकी हुन् ।

उनले अझै पनि अस्पतालमा आउने बिरामीहरूको केही गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिए । 

अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उनले ध्यानाकर्षण गराए । मन्त्री गौतमले दरबन्दीको समस्या समेत समाधान गरिने उल्लेख गरे ।

सो क्रममा वीर अस्पतालका अधिकारीहरूले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० बेडको व्यवस्था गरिएको जानकारी गराएका थिए । 

उनीहरूले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो गरेका थिए । स्वास्थ्यमन्त्री शर्माले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ३३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको