काठमाडौं– स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजी अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता गरेकी हुन् ।
उनले अझै पनि अस्पतालमा आउने बिरामीहरूको केही गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उनले ध्यानाकर्षण गराए । मन्त्री गौतमले दरबन्दीको समस्या समेत समाधान गरिने उल्लेख गरे ।

सो क्रममा वीर अस्पतालका अधिकारीहरूले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० बेडको व्यवस्था गरिएको जानकारी गराएका थिए ।
उनीहरूले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो गरेका थिए । स्वास्थ्यमन्त्री शर्माले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् ।














प्रतिक्रिया