काठमाडौँ महानगरमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी « Khabarhub

काठमाडौँ महानगरमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमार्फत ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी भएको हो ।

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमा गत वर्ष २३ हजार ८६३ र यस वर्ष १८ हजार ९९३ सिफारिस अनलाइनबाट स्वीकृत भएका जानकारी दिए। 

‘चालु आर्थिक वर्षमा मात्र अनलाइनबाट सिफारिस माग गर्नेको सङ्ख्या २० हजार ३९८ सेवाग्राही छन् । यो प्रणालीमा १९५ प्रकारका सेवासँग सम्बन्धित ढाँचा राखिएका छन्’, उनले भने।

विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘सिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने उद्देश्यले कामपाले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । 

विद्युतीय हस्ताक्षर प्रणालीलाई कार्यान्वयन गराउने विषय उल्लेख गर्दै उनले भने, ‘अनलाइन प्रणालीको पूर्ण कार्यान्वयनले नागरिकको धेरै समस्या सुल्झिन्छन् । सेवा लिन नागरिकले कार्यालय पुग्नु नपरोस् । पुग्नै परे पनि कुर्नु नपरोस् । यसका लागि हामी संवेदनशील बन्नुपर्छ ।’ 

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये सार्वजनिक सूचनामार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने कामलाई तत्काल अगाडि बढाउन, अन्तिम लेखा परीक्षणका लागि जिम्मेवारी छुट्याउन, आवश्यक पर्ने कागजात तयार पार्न आग्रह गरिएको छ ।  

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : २७ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको