‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’ « Khabarhub

‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताए ।

जेन-जी आन्दोलनको क्रममा अपराधीहरू जेलबाट फरार भएको र हतियार लुटिएको अवस्थामा मुलुकमा अहिले पनि भयको वातावरण रहेको धारणा राखे । सरकारले मुलुकमा भयरहित वातावरणको सिर्जना गर्न नसकेकोले चुनाव हुने सम्भावना नरहेको उनको भनाइ छ ।

अधिकारीले प्रतिनिधिसभा पुरस्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयकालागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा पुनस्थापना भए तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार रहेको उनको भनाइ छ । 

पार्टी बलियो बनाउन अझै केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै अधिकारीले आउने महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरे । 

अधिकारीले संघीयतालाई बलियो बनाउन मधेश प्रदेशमा देखिएका समस्या अन्त्य गर्दै दलहरू एकताबद्ध हुनुपर्ने सुझाव दिए  ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ४७ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न