भारत–अमेरिका एलपीजी सम्झौता : ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड « Khabarhub

भारत–अमेरिका एलपीजी सम्झौता : ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपीजी आपूर्ति सुनिश्चित गर्ने एक ‘महत्त्वपूर्ण’ वार्षिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसलाई भारतले ऊर्जा स्रोतहरूको दिगो विविधीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरेका गरेको छ ।

यसअघि अगस्ट महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर ५० प्रतिशतसम्म बढाएपछि दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । अमेरिकी अधिकारीहरूले भारतले युक्रेनमा रूसी युद्धलाई परोक्ष रूपमा सहयोग पुर्‍याइरहेको आरोप लगाएपछि परिस्थिति झनै संवेदनशील बनेको थियो ।

राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित व्यापार सम्झौताको पूर्वसर्तका रूपमा रूसी कच्चा तेल आयातमा कटौती गर्न सहमति जनाएको दाबी गरे पनि भारतले उनको दाबीलाई औपचारिक रूपमा पुष्टि गरेको छैन । कृषि व्यापारदेखि रूसी तेल खरिदसम्मका विषयमा मतभेद भइरहे पनि नयाँदिल्ली र वासिङ्टनबीच वार्ता अविराम जारी छ ।

यसैबीच, भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले अमेरिकी खाडी तटबाट वार्षिक २२ लाख टन एलपीजी आपूर्ति गर्ने एक वर्षे संरचित सम्झौता सम्पन्न भएको जानकारी दिएका छन् । उनका अनुसार यस्तो प्रकारको सम्झौता भारत–अमेरिका बीच एलपीजी क्षेत्रमै पहिलो हो ।

मन्त्री पुरीले विज्ञप्तिमार्फत भने, ‘नागरिकहरूलाई सुरक्षित र किफायती एलपीजी उपलब्ध गराउन भारत निरन्तर रूपमा स्रोत विविधीकरण गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा बढिरहेको एलपीजी बजार—अमेरिका—अब भारतीय बजारका लागि औपचारिक रूपमा खुल्न गएको छ ।’

अक्टोबरमा अमेरिकी प्रतिबन्धपछि एचपीसीएल–मित्तल एनर्जीले रूसका प्रमुख दुई कम्पनीबाट कच्चा तेल खरिद स्थगित गरेको थियो । त्यस्तै, एउटा प्रमुख निजी भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि अमेरिकी तथा युरोपेली सङ्घ (इयु) का प्रतिबन्धहरूको सम्भावित प्रभावबारे मूल्यांकन भइरहेको जनाएको छ ।

विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतले जुन ३० मा समाप्त भएको त्रैमासिक अवधिमा पाँच क्वार्टरकै सबैभन्दा तीव्र आर्थिक वृद्धि दर्ता गरेको छ, जसमा उच्च सरकारी खर्च र उपभोक्ता विश्वसनीयता सुधार मुख्य आधार भएको विश्लेषण गरिएको छ ।

तर, अमेरिकी भन्सार शुल्क वृद्धि भारतको समग्र अर्थतन्त्रमा दबाबका रूपमा जारी छ । यदि शीघ्र कुनै छुट वा सहमति नजुटेमा चालू आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दरबाट ६०–८० आधार अंकसम्म कमजोर पर्न सक्ने सम्भावना रहेको अर्थशास्त्रीहरूको अनुमान छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ४५ बजे

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा

मधेश प्रदेशसभाले आज आठौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं– मधेश प्रदेशसभाको आठौँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइँदै