सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह « Khabarhub

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उनले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याए।

मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बलियो बनाउँदै देश र लोकतान्त्रिक व्यवस्थालाई जोगाउने महत्त्वपूर्ण दायित्वबाट सञ्चार जगत चुक्न नहुने धारणा राखे । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष भरत शाहलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल पत्रकार महासङ्घ र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको दुईदिने अनुशिक्षण कार्यक्रममा एफएम रेडियोमा कार्यरत पत्रकारहरूको सहभागिता छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ५४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी