सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुका नयाँ अध्यक्ष « Khabarhub

सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुका नयाँ अध्यक्ष


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएका सुजन कडरियालाई अनेरास्ववियुले बिदा गरेको छ।

सोमबार काठमाडौंको बानेश्वरस्थित नेपाल कमर्स क्याम्सपमा बसेको उक्त संगठनको बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्षमा महासचिव दीपक धामीलाई चयन गरेको हो ।

यो बैठकमा नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्लसमेत उपस्थित थिए । गुन्डुको निर्देशनअनुसार नै मल्लको उपस्थितिमा बसेको बैठकले कडरियालाई बिदा गरेर धामीलाई नेतृत्वमा ल्याएको हो ।

नेकपा एमालेनिकट यो संगठनमा सुजनको राजीनामाले तरंग ल्याएको थियो । जेन-जी आन्दोलनलाई चिर्दै एमाले फेरि सक्रिय भएपछि डा. सुजन संगठनमा सक्रिय भएका थिए । तर उनको पुनरागमनलाई संगठनदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत रुचाएका थिएनन् ।

गुन्डुको निर्देशनअनुसार सोमबार बसेको अनेरास्ववियुका पदाधिकारीको बैठकले कडरियाको राजीनामा स्वीकृत गरे धामीलाई नयाँ अध्यक्ष बनाएको हो । पदाधिकारी बैठकले सर्वसम्मत रुपमा कडरियालाई बिदा गरेर धामीलाई अध्यक्ष बनाएको हो । अब यो निर्णयलाई केन्द्रीय कमिटीमा लगेर अनुमोदन गर्ने तयारी छ ।

भदौ २३ गते संसद् भवन नयाँबानेश्वर क्षेत्रमा भएको जेन-जी आन्दोलनमा १७ जना विद्यार्थी मारिएपछि कडरियाले फेसबुकमै लेखेर संगठन छाडेको घोषणा गरेका थिए ।

तर एक साताअघि उनले तामझामसहित राष्ट्रिय सभागृहमा कार्यक्रम नै गरेर आफू अनेरास्ववियुमा फर्किएको बताएका थिए । यसलाई लिएर कडरिया र महासचिव धामी पक्षबीच चर्को द्वन्द्व चलेको थियो । उनीहरूबीच सामाजिक सञ्जालदेखि सडकसम्मै जुहारीको अवस्था भएपछि ओ‌लीले कडरियालाई बिदा गरेर धामीलाई नेतृत्वमा ल्याउन निर्देशन दिएका थिए ।

ओलीको त्यही निर्देशनअनुसार अनेरास्ववियुले धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको छ । धामीका अनुसार त्यसभन्दा तलका सबै पदाधिकारीको पद पुरानै कायम गरिएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ०१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको