समयअगावै जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य  « Khabarhub

समयअगावै जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी रहेको चिकित्सकहरुले बताएका छन् ।

आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. एली प्रधान रञ्जितकारले समय पूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताइन् । समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने उनको भनाइ छ ।

नोभेम्बर १७ मा समय अगावै जन्मिएका नवजात शिशु दिवस (वर्ल्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ । यस दिवसले समय पूर्व जन्मिएका शिशु र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राखेको छ ।

यही दिवसका अवसरमा डा. प्रधानले भनिन्, ‘त्यस्ता शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । गर्नुभएको छैन भने परीक्षण गराउनुपर्छ नभए जोखिम बढ्दै जान्छ ।’

बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा केही समस्या देखिन सक्छ । 

‘जसमा आँखाको पर्दामा रगत जम्ने र समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ’, उनले भनिन् ।

डा. प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छिन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । 

उनले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने बताइन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : १३ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको