एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर  « Khabarhub

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि किर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो ।

आइतबार एक कार्यक्रम गरेर क्लबका सीईओ रविन श्रेष्ठ र क्रिकेट एशोसिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको बुथमम बसेर म्युजिक प्ले गर्ने छन् ।

‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ,’ उनले भने, ‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ ।’

उद्‌घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन्। एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ । बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ। 

ठमेलमा रहेको एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : १५ बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका