चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी « Khabarhub

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिरहा – आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिबेला जिल्लाको सदरमुकामदेखि गाउँगाउँसम्मका चोक र चिया पसलहरूमा बढेको छ । बिहानै चियाको तातोपनसँगै केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को महाधिवेशन तयारीका साथै सरकारले घोषणा गरेको निर्वाचनको विषयमा गहन छलफल सुरु हुन थालिसकेको छ ।

युवाहरूमा पनि चुनावी सरगर्मी उत्तिकै बढेको छ । विशेषगरी, निर्वाचनको माहोल बनाउन यहाँका जेनजी युवाहरू सक्रियतापूर्वक लागिपरेका छन् । लहानमा नगरस्तरीय जेनजी समूह गठन गरी युवा परिचालनमा जुटेका उमेश यादवले निर्वाचनको अपरिहार्यतामा जोड दिए ।

‘घोषित मितिमा चुनाव हुनुको विकल्पै छैन । चुनावले मात्रै युवाहरूको मागलाई सम्बोधन गर्न सक्छ । पुरानो नेतृत्वलाई विस्थापित गरी नयाँलाई स्थापित गर्न सक्छ’, यादवले भने, ‘यही हिसाबले हामीले युवालाई सङ्गठित गर्दै वडा, नगर हुँदै क्षेत्रीय समितिहरू गठन र विस्तार अभियानलाई तीव्रता दिएका छौँ ।’

उनले जेनजी मधेस प्रदेशका संयोजक शिव यादव र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग समन्वय गरेर चुनावी योजनाहरू अगाडि बढाइरहेको जानकारी दिए।

युवा नेताहरूले लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागको सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नभएको स्पष्ट धारणा सार्वजनिक गरिरहेका छन् । यद्यपि, सबै पक्ष चुनाव हुनेमा ढुक्क भने छैनन् ।

स्वतन्त्र युवा भोगेन्द्रकुमार यादवले भने केही दलहरूको तयारी र आन्तरिक विवादका कारण चुनाव हुनेरनहुनेमा प्रश्न उठेको बताए।

निर्वाचनको घोषणासँगै जिल्लाका प्रमुख राजनीतिक दलहरू आ–आफ्नो तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले भने, ‘चुनावको माहोल बनाउन गाउँगाउँ पुगेर एक किसिमको अनौपचारिक अभियानमा लागेका छौँ ।’

त्यस्तै, जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवले चुनाव लक्षित कार्यक्रममा आफूहरू होमिसकेको बताए। उनका अनुसार जनमत पार्टीले चुनावको विकल्प नदेखेको र मधेस प्रदेशमा सकारात्मक माहोल बनाउन युवाहरूलाई परिचालन गरिसकेको छ ।

नेकपा (एमाले)का मधेस प्रदेश समितिका सदस्य सुमेश यादवले पार्टीको महाधिवेशन नजिक रहेकाले त्यसको तयारीमा जुटेको बताए। उनले संसद् पुनस्र्थापनाको माग रहे पनि एमाले निर्वाचनबाट नभाग्ने र महाधिवेशनले सबै विषयको छिनोफानो गर्ने प्रस्ट पारे।

नेपाली कांग्रेसका सिरहा–१ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट भाग्ने कल्पना पनि गर्न नसक्ने धारणा राखे। उनले पार्टी आन्तरिक रूपमा निर्वाचनको तयारीमा जुटिसकेको स्पष्ट पारे ।

यता नवगठित नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताहरू चुनावी वातावरण बनाउन देशभरि अभियान चलाइरहेको बताउँछन् । पार्टीका युवा नेता हेमन्त यादवले सोही अनुसार तयारी थालेको बताउँदै प्रदेश, जिल्ला तथा नगरस्तरीय एकता घोषणा सभासँगै जेनजी आन्दोलनबाट उठेका मागहरूलाई सकारात्मक रूपमा लिएर चुनावमा जाने धारणा राखे ।

यसैबीच, जेनजी समूहका युवाहरू निर्वाचनको माहोल सिर्जना गर्न र जेनजी आन्दोलनको उपलब्धि सुनिश्चित गर्न सिराहाका १७ वटै पालिकामा सक्रियता बढाइरहेका छन् । जेनजी समूह सिरहाका सल्लाहकार सुदीप कुशवाहले यस अभियानले युवालाई मतदान प्रक्रियामा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

घोषित मिति फागुन २१ गते नजिकिँदै गर्दा नेपालको राजनीतिक परिदृश्यमा निर्वाचनको सुनिश्चितता र त्यसले ल्याउने परिवर्तनको आशाले जनस्तरमा व्यापक बहस र उत्साह जगाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : २२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक